+
+

माओवादी केन्द्रमा १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १३:३६

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ ।

फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको विधान सम्मेलनको तयारीका लागि गत २६ र २७ गते बसेको पार्टी स्थायी कमिटी बैठकले १८ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो ।

माओवादीले थप गरेका वैकल्पिक केन्द्रीय सदस्यमा लालबहादुर सुस्लिङ, शंकर राई, रिपुप्रसाद राई, महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हिरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेम छन् ।

वैकल्पिक केन्द्रीय सदस्य थप गरेको आन्तरिक सर्कुलरमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?