+
+

माओवादीका विद्यार्थी र युवा संगठनसँग प्रचण्डको असन्तुष्टि, नेतृत्व बदल्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १५:४०

२९ माघ, काठमाडौं । नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चार महिने रुपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताएका हुन् ।

‘जवर्गीय संगठन जसरी चल्नु पर्थ्यो र अभियानमा भूमिका खेल्नु पथ्र्यो त्यस्तो हुन सकेन । त्यसमा पनि मुख्यतः वाईसीएल र विद्यार्थीको भूमिका जस्तो हुनुपर्थ्यो ती दुईवटै संगठन केही आन्तरिक कारणले र केही अन्य कारणले पनि त्यति राम्रो हुन सकेन’, उनले भने, ‘अब हामी जनवर्गीय संगठनलाई सम्मेलनतिर लैजाने, पुनर्गठन गर्ने र नेतृतवको बारेमा सोच्नु पर्ने भएको छ ।’

उनले केही पदाधिकारीसँग आफूले छलफल गरिसकेको जानकारी दिँदै आवश्यक परे पूरै नेतृत्व बदल्ने पनि हुनसक्ने बताए । ‘जहिले पनि झगडा, जहिले पनि झगडा गर्नुभन्दा नयाँलाई नेतृत्व दिएर जागरण ल्याउने काम गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?