
१ फागुन, विराटनगर । विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।
विराटनगर महानगरपालिका-३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा छ ।
शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले नै शंकास्पद वस्तु राखेको खुलेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।
पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4