+

एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने, वार्षिक क्यालेन्डर र बजेट मुख्य एजेन्डा

२०८० फागुन  १ गते १५:०८ २०८० फागुन १ गते १५:०८
एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने, वार्षिक क्यालेन्डर र बजेट मुख्य एजेन्डा

१ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक ३ फागुन बिहीबार बस्दैछ । एन्फाको वार्षिक (नियमित) साधारणसभा अघि बस्न लागेको उक्त कार्यसमिति बैठको मुख्य एजेन्डामा वार्षिक क्यालेन्डर र बजेटको विषय मुख्य एजेन्डाको रुपमा रहेको छ ।

एन्फाको वार्षिक साधारण सभा यही १४ फागुनमा हुँदैछ । त्यसैको तयारीस्वरुप कार्यसमिति बैठक डाकिएको एन्फा प्रवक्ता सुरशे शाहले जानकारी दिए ।कार्यसमिति बैठका लागि एन्फा महासचिव किरण राईले हस्ताक्षर गर्दै सदस्यहरुलाई पठाएको पत्रमा विधिसहित १० एजेन्डा समावेश गरिएको छ ।

एन्फा सदस्य रविन चन्दले पनि केही केही बुँदागत एजेन्डाहरु थप गर्न एन्फामा प्रस्ताव गरेका छन् । ‘नियमित साधारण सभा आउँदैछ । आउने आर्थिक वर्षको बजेटको विषय, क्यालेन्डर बनाउने विषय, अडिट रिपोर्टहरु पास गर्ने लगायत विषय मुख्य एजेन्डा हुन् ।’ शाहले भने ।

कार्यसमिति बैठक ३ फागुनमा बिहान ८ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बोलाइएको छ ।

अखिल नेपाल फुटबल संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय