
काठमाडौं । काठमाडौं मोडेल कलेजले विद्यालय हाताभित्र निर्माण गरेको ‘क्रिकेट अभ्यास नेट’ को उद्घाटन गरिएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीलाई क्रिकेट अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यका साथ क्रिकेट अभ्यान नेट निर्माण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कलेजका प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवम् क्यानका सचिव पारस खड्काको समेत उपस्थिति रहेको थियो ।
सो क्रममा विद्यार्थीहरुले खड्कासँग नेपाली क्रिकेटको सम्भावना र भविष्यका बारेमा जिज्ञास राखेका थिए ।
विद्यार्थीहरूले राखेका जिज्ञासको उत्तर दिँदै खड्काले क्यानले आगामी दिनमा विद्यालय र कलेज स्तरीय राष्ट्रिय क्रिकेट टुर्नामेन्टको आयोजना गर्न लागेको जानकारी दिए ।
उनले केएमसीजस्ता ठूला कलेजहरुले आफ्ना विद्यार्थीका लागि क्रिकेट एकेडेमी सञ्चालन गरेर राष्ट्रिय स्तरका प्रतिभा उत्पादन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4