
१ फागुन, काठमाडौं । वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली अवरुद्ध भएको छ । बोर्डको सचिवालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने प्रणालीमा समस्या आएको जानकारी दिएको छ ।
बोर्ड सचिवालयको ‘एफईडब्लुआईएमएस डट एफईबी डट जीओभी डट एनपी’को सर्भर र सफ्टवेयर केही दिनदेखि समस्या आएको भन्दै संस्थाले केही दिन सेवा बन्द हुने जानकारी गराएको छ ।
सफ्टवेयरको सर्भरको मर्मतको काम भइरहेकोले फेरि सञ्चालनमा नआएसम्म वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण बन्द हुनेछ । बोर्डको प्रणालीमा समस्या आउँदा केही दिनदेखि सेवा प्रभावित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4