
काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्रान्ड ऐम्बास्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र आयांकालाई नियुक्त गरेको छ ।
वात्सल्यको नारायणचौरस्थित क्लिनिकमै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन् ।
वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्रान्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुसी लागेको बताए ।
निःसन्तान सम्बन्धी कुण्ठालाई प्रभावकारी रुपमा जागरुकता फैलाउन उनीहरुको भूमिका महत्वपूण हुने विश्वास उनको छ ।
बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यससम्बन्धी सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउनु भन्दा उपचार गराउनु उत्तम हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने अवसर पाएकोमा आफूहरु उत्साहित बनेको अभिनेत्री कार्कीले बताइन् ।
आफ्नो परिवारलाई पूर्ण बनाउन आधुनिक आईभीएफ उपचार पद्धति जटिल रहे पनि यो प्रविधि लाभकारी नै रहेकोबारे सबैमा अवगत गराउने अभिनेता आयुष्मान देशराजले बताए ।
प्रतिक्रिया 4