+
+

एकीकृत समाजवादी छाडेर श्रेष्ठद्वय एमालेमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १९:३३

१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् ।

श्रेष्ठद्वयलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्माले स्वागत गरेका छन् ।

त्यसक्रममा अध्यक्ष ओलीले पार्टीमा कसैलाई भेदभाव नगरिने उल्लेख गर्दै उचित जिम्मेवारी प्रदान गरिने बताए ।

एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादी गठन हुँदा प्रतापलाल र शंकरनारायण माधव नेपाल नेतृत्वको पार्टीमा लागेका थिए ।

त्यसअघि एमालेमा रहँदा प्रतापलाल वैकल्पिक केन्द्रीय सदस्य थिए भने शंकरनारायण सल्लाहकार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?