२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ ।
ब्राहिम डियाजको एक मात्र गोलमा स्पानिस जायन्ट रियलले जर्मन क्लब आरबी लाइपजिगलाई १-० ले पराजित गरेको हो ।
लाइपजिगको मैदानमा भएको खेलमा रियलका डियाजले ४८औं मिनेटमा गोल गरेका थिए ।
ब्राहिम डियाजले घाइते जुड बेलिङघहमको स्थानमा पहिलो रोजाइँमा खेलेका थिए र गोल पनि गरे ।
प्रतिक्रिया 4