
काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ पुनः सुरू गरेको छ ।
भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ भएको कम्पनीको दाबी छ ।
भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रति प्याकको ६० रूपैयाँ र फेमिली प्याकको ३ सय रुपैयाँ रहेको छ ।
उपत्यका भित्र रहेका भाटभटेनीमा बुधबारदेखि सुरू भएको फ्री टेस्टिङ १० दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4