
२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबार सुरु विधान महाधिवेशनमा बुधबारसम्म १३ समूहले सुझाव प्रस्तुत गरेका छन् ।
प्रस्तावित विधानमाथि समूहगत छलफल गरेपछि टोली नेताले विधान महाधिवेशन हलमा निष्कर्ष प्रस्तुत गरेका हुन् । अब बाँकी ७ समूहको सुझाव बिहीबार प्रस्तुत हुने नेताहरुले बताएका छन् ।
माओवादीले प्रस्तावित विधानमाथि छलफल गर्न २० समूह बनाएको छ । बुधबार प्रस्तुत भएको सुझावहरुमा नेतृत्व चयन प्रणाली प्रत्यक्ष निर्वाचित गर्नुपर्ने, कमिटीको आकार सानो र छरितो बनाउनुपर्नेलगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4