+
+

४ फागुनमा गण्डकीको स्थापना दिवस, प्रदेशभरि बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १९:०२
गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ।

२ फागुन, पोखरा । गण्डकी प्रदेशले स्थापना दिवसमा ४ फागुनमा सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले सार्वजनिक बिदा दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?