+

सोमपाल कामीले लिए एकै ओभरमा दुई विकेट

२०८० फागुन  ३ गते १४:३१ २०८० फागुन ३ गते १४:३१
सोमपाल कामीले लिए एकै ओभरमा दुई विकेट

३ फागुन, काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाको २ विकेट लिएका छन् । २१ औं ओभरको तेस्रो र अन्तिम बलमा उनले विकेट लिएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २१ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ८२ रन बनाएको छ ।

२०.३ ओभरमा सोमपालले जेरार्ड एराम्ससलाई पवन सर्राफको हातबाट क्याच आउट गराए भने अन्तिम बलमा जान फ्रिलिंकलाई कुशल भुर्तेलको हातबाट क्यान आउट नै गराए । यसअघि ललित राजवंशीले दुई विकेट लिएका थिए ।

नेपाल भर्सेस नामिबिया सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय