
काठमाडौं । आगामी वैशाख अन्तिम सातादेखि काठमाडौंको भृकुटी मण्डपमा ‘आवास र निर्माण नेपाल-२०२४’ प्रदर्शनी हुने भएको छ ।
विगत ३३ वर्षदेखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आगामी २७-३० वैशाखसम्म आवास र निर्माण सम्बन्धी प्रदर्शनी आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा उद्योगका विक्रेताका लागि आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा क्रेता-विक्रेताबीच जलपान समारोह आयोजना हुने छ भने आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञान, राष्ट्रिय भवन संहिता अनुपालन र ग्रीन बिल्डिङ प्रमाणीकरण जस्ता चर्चित विषयहरू प्रस्तुत हुनेछन् ।
यस्तै आवास र निर्माण नेपालले साना व्यवसाय र व्यक्तिगत विक्रेताहरूलाई लक्षित गर्दै १२ हजार रूपैयाँको न्यून शुल्कमा रियल इस्टेट मार्ट स्टल पनि उपलब्ध गराउने छ ।
प्रदर्शनीमा लगभग १७५ प्रदर्शकहरू सहभागी हुने र करिब २५ हजार बी२बी र बी२सी आगन्तुकहरू आकर्षित हुने अपेक्षा आयोजकको छ ।
अधिकतम संख्यामा व्यवसायी र पेशाकर्मीहरूलाई प्रदर्शनी अवलोकन गराउने सुनिश्चित गर्न आगन्तुक प्रवर्द्धन अभियानमा कुनै कसर बाँकी नराखिने आयोजकले बताएको छ ।
प्रतिक्रिया 4