
३ फागुन, काठमाडौं । ‘विश्व सामाजिक मञ्च’ को कार्यक्रमका लागि रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा तीन दिन पढाइ नहुने भएको छ ।
सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बिहीबार सूचना निकालेर यही फागुन ४, ५ र ६ गते क्याम्पस परिसरमा मञ्चको कार्यक्रम हुने जानकारी दिएका छन् । बरु सूचनामार्फत विद्यार्थीहरुलाई मञ्चको कार्यक्रममा हुने कार्यपत्र प्रस्तुतिमा सहभागी हुन सुझाव दिइएको छ ।
विश्व सामाजिक मञ्च ल्याटिन अमेरिकाबाट सुरु भएको सामाजिक फोरम हो । विश्व सामाजिक मञ्चको वेबसाइटमा उल्लेख भए अनुसार पहिलो विश्व सामाजिक फोरम ल्याटिन अमेरिकाको पोर्टो एलेग्रेबाट सुरु भए यसको औपचारिक रुपमा मञ्चको आयोजना भने सन् २००१ मा ब्राजिलको सहरमा भएको थियो ।
त्यसयता भारत, सेनेगल, ट्युनिसिया लगायतका बिभिन्न देश हुँदै यसपटक १६ औं संस्करणको आयोजना नेपालमा गरिएको छ ।
कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा फागुन ३ देखि ७ गतेसम्म तय भएको छ । जस अन्तर्गतका कार्यपत्र प्रस्तुतिहरु आरआर क्याम्पसका कक्षा कोठाहरूमा गरिँदैछ ।
कलेजको पढाइ नै बन्द गरेर कार्यक्रम आयोजना गर्नु बेठीक भएको विद्यार्थी सोनी भट्टराईले बताइन् । उनले भनिन् ‘पढाइलाई असर पर्नेगरी कुनै पनि कार्यक्रम आयोजना हुनु हुँदैन भन्ने हाम्रो कुरा हो, भोलि विरोध हुनेछ ।’
यस विषयमा क्याम्पस प्रमुख डा.जीवनधर ज्ञवालीसँग कुरा गर्न खोज्दा चित्तबुझ्दो जवाफ नपाएको सोनी बताउँछिन् ।
हेर्नुहोस् क्याम्पसको सूचना :
प्रतिक्रिया 4