+

एनआरटी बागमती गोल्डकपको सेमिफाइनलमा

२०८० फागुन  ३ गते २०:२३ २०८० फागुन ३ गते २०:२३
एनआरटी बागमती गोल्डकपको सेमिफाइनलमा

३ फागुन, हेटौंडा । न्युरोड टिम एनआरटी मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा एनआरटीले नव जनजागृती युवा क्लब सिमरालाई १–० गोलले पराजित गरेको हो । एनआरटीको जितमा मोहित गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफको ३१ औं मिनेटमा गुरुङले फ्रिकिक बललाई जाली चुमाएका थिए । खेलको म्यान अफ द म्याच गुरुङ्ग नै भए । उनले १० हजार रुपैयाँ पाएका छन् ।

बागमती गोल्डकपमा एनआरटी पहिलो पटक सहभागी भएको हो । एनआरटीले फाइनल प्रवेशका लागि जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा हुनेछ ।

गोल्डकप विजेता टोलीले १० लाख, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् ।

बागमती गाउँपालिका बागमती गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय