+
+

सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:१९

४ फागुन, काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन् ।

विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्वतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा विधेयक ल्याइएको जनाइएको छ ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन आवश्यक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?