+
+

धर्मनिरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेखौं : दिनेश कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १७:२९

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले संविधानमा धर्मनिरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेख्नुपर्ने बताएका छन् ।

संविधानमा धर्म बारे लेख्न आवश्यक नभएको उल्लेख गर्दै कोइरालाले भारतको संविधानमा पनि सुरुमा धर्म बारे नलेखिएको दाबी गरे । ‘भारतमा धर्मनिरपेक्षता पछि थपिएको हो । नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ,’ कोइरालाले पार्टी बैठकमा भने ।

धार्मिक बहुलता नेपालको विशिष्ट विशेषता रहेको उल्लेख गर्दै कोइरालाले बहुधर्म मान्ने विश्वको विलक्षण समाज नेपाल भएको बताए । धर्मनिरपेक्षता भएपछिका दिनमा हिन्दू राष्ट्रको माग उठ्न थालेको कोइरालाले बताए । धर्म र धर्म निरपेक्षताबारे भ्रमपूर्ण मान्यता स्थापित गरिएको कोइरालाको दाबी छ ।

‘युरोपको सेक्युलारिजमलाई धर्मनिरपेक्षता भनेर अनुवाद गर्नु नै गलत थियो,’ पार्टी बैठकमा कोइरालाले भने । मौलिक हक धर्मको एक अंग भएको उल्लेख गर्दै कोइरालाले संविधानमा धर्मनिरपेक्षता लेख्नु गलत भएको बताए ।

विभिन्न धर्मावलम्बी रहेकाले नेपाल धर्मनिरपेक्ष राष्ट्र लेख्न अनुपयुक्त हुने तर ‘नेपाल धर्म राष्ट्र’ लेख्न सकिने कोइरालाको विचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?