+

पाकिस्तान सुपर लिग एक्सन स्पोर्ट्समा लाइभ आउने

२०८० फागुन  ४ गते १९:३१ २०८० फागुन ४ गते १९:३१
पाकिस्तान सुपर लिग एक्सन स्पोर्ट्समा लाइभ आउने

४ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डिसहोमको एक्शन स्पोर्ट्स एचडी च्यानलबाट हुने भएको छ ।

नेपालीहरुको क्रिकेटप्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट पाकिस्तान सुपर लिग प्रत्यक्ष प्रसारण गर्न लागेको डिशहोमले जनाएको छ ।

१७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म  नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ एक्शनहरू हेर्न पाउने छन् ।

एक्शन स्पोर्ट्स एचडी च्यानलबाट काठमाडौंमा भइरहेको आईसीसी विश्वकप क्रिकेट लिग २ पनि प्रत्यक्ष प्रसारण हुने गरेको छ ।

 

एक्सन स्पोर्टस पाकिस्तान सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय