+

दीपेन्द्रसिंह ऐरी नेपाल फर्किए

२०८० फागुन  ४ गते २१:३४ २०८० फागुन ४ गते २१:३४
दीपेन्द्रसिंह ऐरी नेपाल फर्किए

४ फागुन काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० मा सहभागी भएर स्वदेश फर्किएका छन् । दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।

उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएनन् । उनी तीनै खेलमा बेञ्चमा बसेर फर्किएका हुन् ।

आईसीसी विश्वकप लिग–२ मा नामिवियाविरुद्ध खेल भने दीपेन्द्रले गुमाएका थिए । क्यानडासँगको सिरिजमा भने दीपेन्द्रलाई विश्राम दिएको हुँदा टोलीमा राखेको थिएन ।

शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । दीपेन्द्र नेपालको अन्तिम १५ मा टोलीमा छ्न ।

त्यसैले उनी आज नै टोलीसँग जोडिनेछन् । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रले खेल्ने पक्कापक्की छ ।

दीपेन्द्रले खेल्दा पवन सर्राफ प्लेइङ ११ बाट बाहिर हुने देखिन्छ । दीपेन्द्र नेपालको टोलीबाट फिनिसरको रुपमा खेल्नुको साथै प्रमुख अफ स्पिनरको रुपमा मैदान उत्रनेछन् ।

दीपेन्द्र सिंह ऐरी नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय