+

पावरप्लेमा नेदरल्याण्ड्समाथि नेपालको दबाब

२०८० फागुन  ५ गते १०:१३ २०८० फागुन ५ गते १०:१३
पावरप्लेमा नेदरल्याण्ड्समाथि नेपालको दबाब

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरको पिच बिहानको कन्डिसनमा ब्याट्सम्यानलाई कठिनम मानिन्छ ।

बिहानी कन्डिसनको फाइदा टस जितेर फिल्डिङ रोजेको नेपालले लिएको छ । पहिलो पावरप्ले अर्थात १० ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले २ विकेट गुमाएर २८ रन बनाएको छ ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जतिबेला नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको थिएन ।

नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए । उनी टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।

नेपाले टोलीमा दुई परिवर्तन गरेको छ  । दीपेन्द्रसिंह ऐरी र देव खनाल टोलीमा खेल्दैछन् । पवन सरार्फ र करण केसीलाई बेञ्चमा राखिएको छ ।

नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय