+

पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व

२०८० फागुन  ५ गते १०:५१ २०८० फागुन ५ गते १०:५१
पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व

५ फागुन, पोखरा । सफल पोखरा म्याराथनमा केन्याली धावकले वर्चस्व राखेका छन् । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीले नै कब्जा जमाए ।

जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे ।

केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाले । केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो भए ।

नेपालका किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे ।

किरण सिंह बोगटी पोखरा म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय