+

नेदरल्याण्ड्स संकटमा, गुमायो आठौं विकेट

२०८० फागुन  ५ गते ११:५१ २०८० फागुन ५ गते ११:५१
नेदरल्याण्ड्स संकटमा, गुमायो आठौं विकेट

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा आठौं विकेट गुमाउँदै नेदरल्याण्ड्स संकटमा परेको छ ।

३३ औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई व्यक्तिगत १० रनमा भीम सार्कीको हातबाट क्याच गराएका हुन् । दत्त आउट हुँदा नेदरल्याण्ड्सले १२२ रन मात्र बनाएको छ ।

कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिइ क्लिन बोल्ड गरेका थिए भने २६.३ ‌ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए ।

यस्तै कुशल मल्लले आफ्नै बलमा नन स्ट्राइकमा रहेका नोआह क्रसलाई रन आउट गरेका थिए । खेलमा ललित राजवंशीले पूरै १० ओभर बलिङ गर्दा ३२ रन मात्र दिएर २ विकेट लिए । उनले बास डि लिडे र स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिए ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।

कुशल भुर्तेल नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय