
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्याप ब्याटल नेपाल’को सिक्किम अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा भएको हो ।
सिक्किम अडिसनमा ७३ जना नेपालीभाषीले सहभागिता जनाएका थिए । जसबाट १२ जना अर्को चरणका लागि छनोटमा परेका छन । सिक्किममा ¥याप सम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागी उत्साही रहेको पाइएको छ ।
फेब्रुअरी १९ मा दार्जिलिङमा अडिसन हुने जनाइएको छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा भैरहेको ‘र्याप ब्याटल नेपाल’ अप्रिलबाट प्रसारणमा आउने जनाइएको छ । शोमा नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मीहरु निर्णायक रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4