
५ फागुन, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा सञ्चालनमा आएको छ ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले शनिबार क्याथल्याबको उदघाटन गरेका हुन् ।
केही महिनाअघि नै जडान भएको क्याथल्याब शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितका अनुसार अब हृदयघात भएका बिरामीलाई तत्काल उपचार चाहिँदा जनकपुरबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
हृदयघात भएको वा नभएको पत्ता लगाउनुको साथै तत्कालै उपचार गर्न पनि सकिने भएको छ । क्याथ ल्याब सेवा ४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4