+

लेवान्डोस्कीको २ गोलमा बार्सिलोना विजयी

२०८० फागुन  ६ गते ८:०८ २०८० फागुन ६ गते ८:०८
लेवान्डोस्कीको २ गोलमा बार्सिलोना विजयी

६ फागुन, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ ।

सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा गोल गरे । उनले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।

४५औं मिनेटमा लेवान्डोस्कीले लासिन यामलको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको दोस्रो मिनेटमै आएगो आसपासले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको सातौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले तीन अंक जोडेको हो ।

जितपछि २५ खेलबाट ५४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमै छ । सेल्टा २५ खेलबाट २० अंकसहित १७औं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले लस पलमसलाई ५-० ले पराजित गरेको छ ।

बार्सिलोना रोवर्ट लेवान्डोस्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय