
६ फागुन, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आइतबार १ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य केही बढेपछि नेपाली बजारमा सोअनुसार समायोजन भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि केही बढेको छ । अघिल्लो दिन प्रतितोला १४१० रुपैयाँ रहेको चाँदी आइतबार १४३० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4