+

नेपाल ए विरुद्ध क्यानडा दबाबमा

२०८० फागुन  ६ गते १३:४६ २०८० फागुन ६ गते १३:४६
नेपाल ए विरुद्ध क्यानडा दबाबमा

६ असोज, काठमाडौं । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले खराब सुरुवात गरेको छ ।

मुलपानीमा क्यानडाले ३.१ ओभरमै ९ रन जोड्दा २ विकेट गुमाइसकेको छ ।

३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।

यसअघि प्रतिश जिसीले २.३ ‌ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका बसिर अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

नेपाल ए क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय