+
+

अनर एक्स९बी भारतमा पनि सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १४:०२

काठमाडौं । अनरको स्मार्टफोन अनर एक्स९बी भारतमा पनि सार्वजनिक भएको छ ।

नेपालमा सार्वजनिक भएको झन्डै एक महिना पछि भारतमा यो भेरियन्टको मोबाइल सार्वजनिक भएको हो । नेपालमा यो मोबाइल २१ जनवरीमा सार्वजनिक भएको थियो । भारतमा भने १५ फुब्रुअरीमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।

नेपालमा सार्वजनिक भएको अनर एक्स९बी  (१२+२५६) जीबीको मूल्य ४३ हजार ९९९ रूपैयाँ छ भने भारतमा सोही भेरियन्टको मूल्य २५ हजार ९९९ भारू (४१ हजार ६०० नेरू) तोकिएको छ ।

कम्पनीका अनुसार स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ । भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउने र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?