६ असोज, काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् ।
उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे ।
नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडाले १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ४५ रन मात्र बनाएको छ।
३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराएका थिए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।
त्यस्तै प्रतिश जिसीले २.३ ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।
यसअघि मूलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।
प्रतिक्रिया 4