+

दक्षिण अफ्रिकी अलराउन्डर माइकको ७७ वर्षमा निधन

२०८० फागुन  ६ गते १४:२१ २०८० फागुन ६ गते १४:२१
दक्षिण अफ्रिकी अलराउन्डर माइकको ७७ वर्षमा निधन

६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर माइक प्रोक्टरको ७७ वर्षको उमेरमा निधन भएको छ । छोटो अन्तर्राष्ट्रिय करिअर बोकेका माइकको मुटुको अप्रेसनको क्रममा निधन भएको हो ।

उनकी श्रीमती मर्यनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार शनिबार राति माइकको उपचारका क्रममा निधन भएको हो ।

सन् १९७० देखि १९८० को दशकका दक्षिण अफ्रिकाको लागि खेलेका उनले छोटो समयको अन्तर्राष्ट्रिय करिअरका उत्कृष्ट खेलाडी मानिन्छन् । उनले दक्षिण अफ्रिकाको लागि ७ टेष्ट म्याच खेलेका छन् । यी सबै खेल उनले अष्ट्रेलियासँग खेलेका हुन् । अष्ट्रेलियाविरुद्ध उनले १५.०२ को औसतसहित ४१ विकेट लिएका थिए ।

उनले खेलेका ७ खेलमा दक्षिण अफ्रिका अपराजित रहँदै ६ खेलमा विजयी भएको थियो ।

प्रोक्टर ब्याटिङमा भने पावर हिटरको रुपमा प्रसिद्ध थिए ।सन् १९६९/७० मा अष्ट्रेलियाविरुद्ध प्रदर्शनका कारण उनलाई दक्षिण अफ्रिकाले वर्षको उत्कृष्ट खेलडीको उपाधि प्रदान गरेको थियो ।

प्रोक्टर खेलाडी जीवनपश्चात सन् १९९२ मा प्रशिक्षकको रुपमा दक्षिण अफ्रिका क्रिकेटमा फर्किएका थिए । उनले दक्षिण अफ्रिकालाई १९९२ को विश्वकपमा सेमिफाइनलसम्म पु¥याएका थिए ।

प्रोक्टरले सन् २००२ देखि २००८ सम्म आइसीसी म्याच रेफ्रीका रुपमा पनि काम गरेका थिए ।

दक्षिण अफ्रिका क्रिकेट माइक प्रोक्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय