+

एमबाप्पेले रियलसँग सम्झौता गरिसके !

२०८० फागुन  ७ गते १४:०६ २०८० फागुन ७ गते १४:०६
एमबाप्पेले रियलसँग सम्झौता गरिसके !

७ फागुन, काठमाडौं । फ्रान्स तथा प्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलिएम एमबाप्पेले यसअघि नै स्पानिस क्लब रियल मड्रिडसँग सम्झौता गरिसकेको मार्काले जनाएको छ ।

एमबाप्पेले रियलसँग यसअघि नै गोप्य रुपमा सम्झौता गरेको र आगामी पाँच सिजन रियलमा बस्ने मार्काले दाबी गरेको छ ।

यसबारेमा एम्बाप्पेले पीएसजी र रियल दुवैलाई जानकारी नगराएको डेली मेल स्पोर्ट्सले जनाएको छ ।

एमबाप्पेले रियलमा १५ देखि २० मिलियन कमाउनेछन् र यसमा बोनस पनि थपिनेछ ।

एमबाप्पे र रियलबीच केही हप्ताअघि नै गोप्य रुपमा सहमति भएको र यसका लागि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको दाहिने हातका रुपमा रहेका जोस एल्जल सान्चेजको भूमिका रहेको मार्काले जनाएको छ ।

रियलले लामो समयदेखि एमबाप्पेमा नजर राखिरहेको थियो भने एमबाप्पेले पनि रियल जान चाहिरहेका थिए । केही समयअघि एमबाप्पेले पीएसजी छाड्ने जानकारी गराएको खबर समेत सार्वजिनक भएको थियो ।

यदी एमबाप्पे रियलमा अनुबन्ध भए उनी त्यहाँ धेरै कमाउने फुटबलर हुनेछन् । अहिले जुड बेलिङघमले रियलमा सर्वाधिक कमाइ गर्नेछन् ।

केलिएन एमबाप्पे रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय