
काठमाडौं । नेपाली समयानुसार आइतबार बिहान बेलायतको ओस्कार मानिने बाफ्टा अवार्ड समारोह आयोजना भयो । हलिउड र बलिउड सेलिब्रेटीको उपस्थितिमा पुनः एकपटक बाफ्टाको रेडकार्पेट फेसनमय बन्यो ।
बेलायती राजकुमार विलियमदेखि हलिउडका हु–इज–हुले रेडकार्पेट नापे । लण्डनको रोयल फेस्टिभल हलमा आयोजना गरिएको समारोहलाई ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्सले आयोजना गरेको हो ।
लण्डन फेसन सप्ताहको छेकोमा आयोजना गरिएको रेडकार्पेट फेसनले धेरैको ध्यान खिच्यो । बलिउड अभिनेत्री दीपिका पादुकोण पनि बाफ्टा रेडकार्पेटमा देखिएकी थिइन् ।
‘ओपेनहाइमर’ प्रेरित बाफ्टा रेडकार्पेटलाई सेलिब्रेटी फेसनको कुम्भ समेत मानिन्छ । सेलिब्रेटीलाई आफ्नो डिजाइनमा सजाएर रेडकार्पेटमा हिंडाउने प्रतिस्पर्धा डिजाइनरबीच चल्ने गर्छ ।
तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4