+

पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल, आज सिरियासँग खेल्ने

२०८० फागुन  ८ गते १३:३४ २०८० फागुन ८ गते १३:३४
पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल, आज सिरियासँग खेल्ने

८ फागुन, काठमाडौं । पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा सहभागी भएको नेपालले आफ्नो पहिलो खेल आज सिरियासँग खेल्दैछ । सिरियासँग नेपालको यो पहिलो खेल हुनेछ ।

खेल साउदी अरबको जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुने छ ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यी टोली च्याम्पियनसिप खेल्न गएको नेपाली टिमले साउदी अरबमा पुगेर अभ्यास पनि गरेको छ ।

फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी सावित्रा भण्डारी साम्बा पनि उतैबाट साउदी पुगेकी छिन् । उनी नेपाली टिमकी मुख्य हतियार हुन् ।

अन्तर्राष्ट्रिय सहभागिको करिब चार दशकमा नेपाली महिला टोली उपाधि जित्न सकेको छैन ।

१० पटक फाइनल खेल्दा सबैमा पराजित भएको नेपाललाई यसपटक उपाधि खडेरी तोड्ने अवसर छ ।

साउदी अरेबियाको जेदाहमा हुने आठौं संस्करणको प्रतियोगितामा कूल ८ टिम सहभागी छन् ।

नेपाल रहेको समूह बी मा सिरियासँगै प्यालेस्टाइन र इराक छन् । समूह ए मा आयोजक साउदी सहित ५ पटकको विजेता जोर्डन, ग्वाम र लेबानोन छन् ।

नेपालसहित आयोजक साउदी र ग्यामले पहिलो पटक यो प्रतियोगितामा सहभागी भएका हुन् ।

नेपाल भर्सेस सिरिया नेपाली महिला फुटबल वाफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय