८ फागुन, काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र सिरियाबीचको खेलमा नेपालको गलत राष्ट्रिय झण्डाको प्रयोग भएको छ ।
खेल सुरु हुनुअघि दुवै देशको झण्डा मैदानमा देखाइन्छ । त्यसक्रममा आयोजक साउदी अरबको फुटबल संघले चारकुने सेतो कपडामा नेपालको राष्ट्रिय झण्डालाई प्रयोग गरेको छ ।
देशको राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान ठीक भए नभएको टिम व्यवस्थापनले हेर्नु पर्ने भए पनि अखिल नेपाल फुटबल संघ एन्फाबाट गएका व्यवस्थापकले ध्यान नदिँदा गलत झण्डा प्रयोग भएको हो ।
पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा खेल्न गएको नेपालले सिरियासँग खेल्दै छ ।
प्रतिक्रिया 4