+

वाफ महिला फुटबलमा नेपालको गलत राष्ट्रिय झण्डा प्रयोग

२०८० फागुन  ८ गते १९:५८ २०८० फागुन ८ गते १९:५८
वाफ महिला फुटबलमा नेपालको गलत राष्ट्रिय झण्डा प्रयोग

८ फागुन, काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र सिरियाबीचको खेलमा नेपालको गलत राष्ट्रिय झण्डाको प्रयोग भएको छ ।

खेल सुरु हुनुअघि दुवै देशको झण्डा मैदानमा देखाइन्छ । त्यसक्रममा आयोजक साउदी अरबको फुटबल संघले चारकुने सेतो कपडामा नेपालको राष्ट्रिय झण्डालाई प्रयोग गरेको छ ।

देशको राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान ठीक भए नभएको टिम व्यवस्थापनले हेर्नु पर्ने भए पनि अखिल नेपाल फुटबल संघ एन्फाबाट गएका व्यवस्थापकले ध्यान नदिँदा गलत झण्डा प्रयोग भएको हो ।

पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा खेल्न गएको नेपालले सिरियासँग खेल्दै छ ।

नेपाल भर्सेस सिरिया राष्ट्रिय झण्डा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय