
९ फागुन, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
सुनको मूल्य विगत केही दिनदेखि नै बढिरहेको छ । गत बिहीबार १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार १ लाख १७ हजार १ सय, आइतबार १ लाख १७ हजार ६ सय, सोमबार र मंगलबार १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ५ रुपैयाँ बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4