+
+

गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:५८

१० फागुन, काठमाडौं । गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ ।

मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ ।

त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ ।

हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?