
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले कांग्रेस बलियो रहेकाले चुनावमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।
महासमिति बैठकको समापनमा बोल्दै उनले भने,‘गठबन्धन गर्न आवश्यक छैन । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् ।’ ३६४ दिन कांग्रेस हुने र ३६५ औं दिनमा अर्को दललाई मत नदिने कार्यकर्ता पार्टीलाई आवश्यक नरहेको उनले बताए ।
नेता कोइरालाले धर्म निरपेक्ष राष्ट बनाउनु गलग भएको विचार राखे । ‘धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं । यो गलत हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4