+

ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेस बलात्कार मुद्दामा दोषी ठहर

२०८० फागुन  १० गते १७:४९ २०८० फागुन १० गते १७:४९
ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेस बलात्कार मुद्दामा दोषी ठहर

१० फागुन, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले बलात्कारको आरोपमा दोषी ठहर गरेको छ ।

बार्सिलोनाको एउटा नाइट क्लबमा महिलालाई बलात्कार गरेको भन्दै अदालतले ४० वर्षका उनलाई साढे ४ वर्षको जेल सजाय पाएको छ ।

यस्तै उनले पीडित महिलालाई डेढ लाख युरो क्षतिपूर्ति दिनु पर्ने आदेश पनि अदालतले दिएको छ ।

स्पेनको प्रहरीले अल्भेसलाई बलात्कार आरोपमा एक वर्षअघि पक्राउ गरेको थियो ।  बार्सिलोनाका पूर्व रक्षक अल्भेसले नाइट क्लबमा आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले सन् २०२२ डिसेम्बर ३१ मा बिहानै प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसपछि प्रहरीमा उपस्थित भएका अल्भेसले नाइट क्लबमा उपस्थित भए पनि आफूले दुर्व्यवहार नगरेको दाबी गर्दै आएका छन् । उनले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेदनसमेत अदालतले अस्वीकार गरेको थियो ।

ड्यानी अल्भेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय