+

बुढासुब्बा गोल्डकप २६ फागुनदेखि

२०८० फागुन  १० गते १७:४९ २०८० फागुन १० गते १७:४९
बुढासुब्बा गोल्डकप २६ फागुनदेखि

१० फागुन, विराटनगर । २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २५ फागुनदेखि आयोजना गरिने भएको छ । प्रतियोगिता ३ चैतसम्म चल्नेछ ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीले भाग लिने धरान फुटबल क्लब अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउनेछन् ।

फुटबल बुढासुब्बा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय