
काठमाडौं । राजु तामाङ सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको उपहार योजनाको विजेता बनेका छन् ।
काठमाडौंस्थित म्यारिएट होटलमा आयोजित एक कार्यक्रमका बीच तामाङलाई ‘मेगा बम्पर उपहार’ विजेता घोषणा गरिएको हो ।
कम्पनीले सञ्चालन गरेको ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत उनी मेगा बम्पर उपहार बनेका हुन् । विजेता बनेका उनले ५ लाख ३० हजार ७५० रुपैयाँ हात पारेका छन् । उनले सिटी एक्सप्रेसबाट साउदी अरबबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।
यसैगरी कोरियाबाट रेमिटान्स पठाउने सुवा लिम्बुले एक लाख रुपैयाँ पाएका छन् ।
दशैं, तिहार र छठ पर्वको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत १५ असोजदेखी १५ मंसिरसम्म यो उपहार योजना सञ्चालन गरेको थियो ।
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4