+
+

एमालेको कैलाली जिल्ला अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:०४

१० फागुन, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अधिवेशन अन्तर्गत बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

बिहीबार पनि मतदान हुने प्रतीक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।
तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले मतदान सुरु गर्न नसकेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्ने निर्देशन दिए पनि कैलालीमा पाँचौ दिन समेत मतदान हुन सकेको छैन ।

एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौ गएका कारण कतिपय विषयमा छलफल हुन नपाएकाले मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् ।

कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?