
१० फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिए ।
यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको पहिलो पटक हो । गत आइतबारदेखि पश्चिमी न्युन चापीय प्रणाली सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेको थियो । त्यसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा मध्यम खालको वर्षा र हिमपात भएको छ ।
यो प्रणाली पूर्वतिर सर्ने क्रममा लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । गएराति दाङको घोराही, तुलसीपुर लगायतका स्थानमा असिना पानी परेको थियो ।
शुक्रबार दिउँसो पनि कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना शुक्रबार राति पनि छ ।
शुक्रबार दिउँसो नै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया 4