
११ फागुन, काठमाडौं । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम छ । उत्कृष्ट र काम नगर्ने तीन÷तीन जनाको नाम सार्वजनिक हुनेछ ।
साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4