
११ फागुन, काठमाडौं । पिस प्वाइन्ट र काष्ठमण्डप १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा पिस प्वाइन्टले चेल्सी वर्ल्ड स्कुललाई १–० को झिनो गोलअन्तरले पराजित गर्यो । पिस प्वाइन्टका हिमाल थिङले निर्णायक गोल गरे । चेल्सीका लोभेन्सन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोश्रो तथा अन्तिम प्रतिस्पर्धात्मक सेमिफाइनलमा काष्ठमण्डपले आयोजक लोयल्टी ‘बी’ लाई टाइब्रेकरमा ३–२ गोलले हरायो । पेनाल्टीमा काष्ठमण्डपका अध्ययन शेरचन, विशांक कार्की र साहस ढकालले गोल गरे ।
लोयल्टी ‘बी’ बाट साहिल राई र गौरव राईले पेनाल्टी अवसरलाई सदुपयोग गरे । लोयल्टी ‘बी’ का साहिल राई ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शुक्रबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4