
११ फागुन, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।
आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धार प्रयास जारी छ ।
ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए ।
प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्बल उद्योगका लागि आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4