
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७औं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा कम्पनीले लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
देशभरिका ५३ वटा बाल तथा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रमको आयोजना समेत गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिहरुलाई सेतो छडी समेत वितरण गरिएको छ ।
कम्पनीले विगत वर्ष सरह चालु आर्थिक वर्षमा पनि राम्रो व्यावसायिक प्रगति गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4