+
+

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १३:५७

११ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ ।

सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो ।

यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्‍याइएको आयोजनाले जनाएको छ ।

पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने गरी निर्णय गरिएको थियो । माघे संक्रान्ति पर्वलाई लक्षित गरी दुई दिन राजमार्ग २४ सै घण्टा खुला गरिएको थियो ।

सुरुङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएपछि आयोजनाले प्रशासनको सहयोगमा रागमार्ग बन्द गरी काम भइरहेको छ ।

यसबीचमा एम्बुलेन्ससहितका अत्यावश्यक क्षेत्रका सवारी साधन भने रोकिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?