+

किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ

२०८० फागुन  ११ गते १५:५४ २०८० फागुन ११ गते १५:५४
किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ

११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ भएको छ ।

उनले श्रीमती कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

नवजात शिशु र पत्नीसहितको तस्वीर राख्दै किरणले फेसबुबमा लेखेका छन्, ‘तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ! हाम्रो सुन्दर संसारलाई खुसी बनाउँदै खुशीको सानो बन्डल आइपुगेको छ, यो संसारमा स्वागत छ हाम्रो जुनियर !’

लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले २०७९ भदौमा विवाह गरेका थिए ।

कञ्चन निरौला किरण चेम्जोङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय